प्रादेशिक महोत्सवबारे आयोजकले गर्यो अन्तरक्रिया र छलफल

  २ फागुन कोहलपुर

कोहलपुरमा हुन लागेको लुम्बिनी प्रादेशिक महोत्सव २०७९ को विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ‘कृषि,पर्यटन, शिक्षा र उद्योगको आवश्यकता, व्यवसायिक प्रर्वद्धनसँगै समाजिक एकता’ भन्ने मूल नारासहित आयोजना गरिएको प्रादेशिक महोत्सवका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको हो ।

कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको आयोजनामा यही फागुन पाँच गतेदेखि कोहलपुरमा लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर २०७९ सन्चालन हुँदैछ । संघका अध्यक्ष लक्ष्मणराज पौडेलका अनुसार महोत्सव सञ्चालनका सम्बन्धमा जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकाय, राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रमुख एवंम् प्रतिनिधिहरुसँग अन्तरक्रिया गरिएको थियो ।

महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि दुर्तगतिमा पूर्वतयारीका कामहरु भइरहेको अध्यक्ष लक्ष्मणराज पौडेलले बताएका हुन् । अन्तरक्रिया तथा छलफलमा सहभागीहरुले महोत्सवलाई विवादरहित र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले संघको आयोजनामा हुने महोत्सवलाई यहाँको पहिचान झल्काउने खालको बनाउनुपर्नेमा जोड दिइएको हो । महोसत्वको तयारी अन्तिम चरणमा पुगेको र बुधबारसम्म सबै काम कार्यहरु सम्पन्न हुने जनाएको छ ।