२९ मंसिर,बाँके । बाँकेको कोहलपुर ११ मा रहेको लक्ष्य बहुउद्देश्य सहकारी संस्थाले चालु आर्थिक वर्षमा आफ्ना किसान सदस्यहरूले उत्पादन गरेका कृषि उपजलाई आफ्नै गृन माट मार्फत बजारीकरणको व्यवस्था गर्ने जनाएको छ।
स्थानीय उत्पादनलाई उपभोग गर्ने बानीमा समेत परिवर्तन ल्याउँदै आआफ्ना सेयर सदस्यलाई विभिन्न शैक्षिक सिपमूलक परियोजना हरू अघि सार्ने बताए । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुष्प राज हमालले सहकारीहरूमा शेयर सदस्यको दोहोरोपना, कर्जा दुरुपयोग जस्ता समस्याहरू जटिल रूपमा बजारमा देखिएकाले चालु वर्षमा शेयर वृद्धिलाई प्राथमिकतामा नराखेर गुणस्तरीय सदस्य निर्माण लाई पहिलो प्राथमिकता मा राखेको जिकिर गरे।
संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष हमालले उत्पादनको क्षेत्रमा जोडिन आफ्ना सदस्यहरुलाई आव्हान गर्दै आर्थिक वर्ष ०७९/०८० मा सहकारीले ११०० सेयर सदस्य मार्फत ३६ लाख ५० हजार सेयर पूजी रहेकाे र १ कराेड आठ लाख ३८ हजार दायित्व रहेकाे र कुल कर्जा लगानी १ करोड ३७ लाख पचास हजार भएको बताए आर्थिक वर्ष ०७९/०८९ मा नेट नाफा ३ लाख १५ हजार गरेको सहकारीले चालु वर्षको दोस्रो त्रैमास सम्म पनि आशाजनक सूचकहरू हासिल गरेको हमालले दाबी गरेका छन ।
सहकारी समाजको पिल्लर समेत रहेको भन्दै न्यौपानेले अनुत्पादित क्षेत्रमा सहकारीले लगानी लगाउनु घातक हुने भन्दै सहकारी बदनाम हुनबाट बन्च परियोजना अनुरूपका कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिने बताए । आर्थिक रूपमा आत्मनिर्भर बनाउन राज्यले सहकारीले अर्थतन्त्रको ३ खम्बे नीति भित्र पारेको चर्चा गर्दै प्रमुख अतिथि समेत रहेका न्यौपानेले सेयर सदस्यलाई सहकारी ले उद्यमशीलतासँग जोड दिनुपर्ने बताए। ग्रामीण इलाकाबाट यथेष्ट सदस्यहरूको उपस्थित रहेकाे थियाे ।
संस्थाको पाँचौं वार्षिक साधारण सभामा पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष एवं सहकारी कर्मि प्रमोद रिजाल प्रेस सेन्टर राप्ती सोनारीका अध्यक्ष कविन्द्र परियार लगाएतको आतिथ्यतामा सम्पन्न खुल्ला शत्रको सञ्चालन शुभाकर विश्वकर्माले गरेका हुन् । कार्यक्रम मा अितथी र शेयर सदस्य लाई स्वागत मन्तब्य बाट शेयर सदस्य मिना शाहिले स्वागत गर्नु भएकाे थियाे ।संस्थाका अध्यक्ष पुष्प राज हमाल कोषाध्यक्ष राधिका तिवारी र लेखा समिति संयोजक शोभा बस्नेतले पेश गरेका प्रतिवेदन आजै बन्द शत्रमा छलफल पश्चात पारित भएकाे जानकारी कोहलपुर खबरलाई समिति सदस्यले दिएका छन् ।
कोहलपुर खबर । २९ मंसिर २०८०, शुक्रबार १८:३५