गणपति तेल मिलमा आगलागी, दुई करोड रुपैयाँभन्दा बढीकाे क्षति

भदौ १५ ,दाङ । दाङको तुलसीपुर ६ मा रहेको गणपति तेल मिलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। शनिबार बिहान करिब साढे एक बजेको समयमा तेल मिलमा आगो लागेको अनुमान गरिएको छ।

आगलागीबाट २ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको भए पनि यकिन अझै हुन सकेको छैन। आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र आसपासका पानी टयाङ्करहरूले आगो नियन्त्रणको प्रयास गरेका थिए। तर, करिब किलोमटर नजिक रहेको तुलसीपुर उपमहानगरपालिका र त्यहाँबाट द्रुत गतिमा पानी सहित आउनु पर्ने दमकल ढिलो आइपुगेको थियो।

स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा झन्डै करिब ३ घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। तेल मिलको रुपमा यस क्षेत्रमा सबैभन्दा पहिला स्थापना भएको मिल गणपति मिल नै हो। यो २०५१ सालमा स्थापना भएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए।

साबिक राप्ती अञ्चलकै पुरानो र ठुलो उद्योग भएको समेत उनले बताए। उनले करिब बिहान २ बजेतिर आगलागीको घटना थाहा पाएको समेत बताए। यस्तै तुलसीपुर उद्योग वाणिज्य संघले संस्थापक अध्यक्षको मिलमा भएको आगजनीप्रति दुख व्यक्त गरेको छ।

संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेत र पूर्व अध्यक्ष हिमाल बस्नेतको मिलमा भएको आगजनि प्रति वाणिज्य संघले दुस्ख व्यक्त गरेको हो।

संघका कार्यवाहक अध्यक्ष मीनराज भण्डारी र महासचिव बिनिल केसीले शनिबार विज्ञप्ति जारी गरि घटनाप्रति दुख व्यक्त गरिएको छ। आगलागी कसरी भयो रु सत्यतथ्य छानबिन गर्न सरोकारवालाहरूसँग माग समेत गरिएको छ। बिहान संघका पदाधिकारीहरूले आगलागी भएको मिलमा पुगेर स्थलगत निरीक्षण गरेका थिए।