१० असार,दाङ । दाङको तुलसीपुरमा १३ बर्षीया एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरीकी १३ बर्षीया दिक्षा वली रहेकी छन । वलीलाई हिजो दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो ।
उपचारका लागि वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । गम्भीर अवस्थाकी वलीलाइ थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइएको थियो।
उपचारका क्रममा बालिकाको आज बिहान भेरी अस्पतालमा तीन बजेतिर मृत्यु इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिएका छन ।
कोहलपुर खबर । १० असार २०८०, आईतवार ११:३८