१० माघ कोहलपुर । बाँकेको नेपालगञ्जमा हुन लागेको महोत्सवको उद्धघाटन आज हुदैछ । आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज माघ १० गते ‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ महोत्सव विधिवद रुपमा उद्घघाटन हुने भएको छ ।
नेपालगञ्जको धम्बोझी चोक देखि महोत्सव स्थलसम्म सांकृतिक झाँकीको र्याली प्रर्दशन सहित महोत्सवमा समावेस हुने कार्यक्रम र तय गरिएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले बताएका थिए । महोत्सवको उद्घघाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यतामा हुनेछ ।
यहि माघ १० देखि २४ गतेसम्म नेपालगञ्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्योगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ हुने भएको छ ।
महोत्सवमा स्थलमा विद्यार्थी प्रवेश शुल्क रु ५० र अन्यको रु ६० रुपैँया निर्धारण गरिएको छ । उद्धघाटनका दिन भने निशुल्क प्रवेशको गर्न सकिने छ ।
कोहलपुर खबर । १० माघ २०७९, मंगलवार ०७:५८