कात्तिक १ कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा न ३ नौबस्तामा रहेको बाल सुधार गृहमा राखिएका बालकहरूका लागि खेलकुद तथा मनोरञ्जन सामग्रीहरु युनिसेफकाे सहयाेगमा टि.पि.ओ. नेपालले प्रदान गरेक छ ।
युनिसेफकाे सहयाेगमा टि.पि.ओ. नेपालद्वारा संचालित कार्यक्रमबाट सहयाेग गरिएकाे खेलकुद तथा मनोरञ्जनका सामग्रीले बालबालिकाहरूकाे मनाेसामाजिक सु-स्वास्थ्य कायम गर्नका लागि महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरेकाे टि.पि.ओ. नेपालका मनाेसामाजिक फिल्ड अफिसर कर्ण राज रिमालले बताए ।
संस्थाले बाल सुधार गृहकामा रहेका बालकहरुलाई सहज होस भन्नका लागि क्यारेम बोर्ड दुई थान, भलिबल दुई थान, भलिबल नेट एक थान, पम्प एक थान, मादल २ थान, चेस र लुडो लगायत खेलकुदका सामग्रीहरू प्रदान गरिएको बहु सास्कृतिक मनोसामजिक संस्था नेपाल (टि.पि.ओ. नेपाल) का मनोसामाजिक फिल्ड अफिसर कर्ण राज रिमालले बताए ।
टि.पि.ओ. नेपालले हस्तान्तरण गरेका खेलकुद सामग्रीले नौवस्ता बाल सुधार गृहमा राखिएका बालकहरूलाई खेलकुदका क्षेत्रमा निकै सहयोग पुग्ने नौबस्ता बाल सुधार गृहका प्रमुख स्याम बहादुर रानाले बताए ।
२६ गते देखि संचालितमा आएको नौबस्ता बाल सुधार गृहमा ब्यबस्थापन गर्न र बालकहरुका लागि मनोरञ्जन तथा खेलकुद सामग्री नहुँदा उनीहरुलाई दिन बिताउन समेत समस्या थियो, टि.पि.ओ. नेपालले खेलकुदका सामग्री प्रदान गरेपछि अब केहि सहज हुने प्रमुख रानाले बताए ।
अहिले नौबस्ता बाल सुधार गृहमा ४६ जना बालकहरु रहेको र बुधवार थप ४४ जाना आउने रानाले कोहलपुर खबरलाई बताउदैं उनका अनुसार क्षेत्रीय कारागारको पहिलो बल्क लाई बाल सुधार गृहको रुपमा भर्खरै संचालन गरिएकोले ब्यबस्थापनमा चुनौति रहेकोले आगामि दिनमा पनि यस्ताखाले सहयोगको अपेक्षा गरेको प्रमुख रानले बताए ।
टिपिओ नेपालले देशका बिभिन्न जिल्लामा गैरसरकारी संस्था मार्फत महामारी, विपद, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ ।
तस्बिरहरु
कोहलपुर खबर । १ कार्तिक २०८०, बुधबार २०:०१