चन्द्रज्योति सानीमा कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधरण सभा सम्पन्न

२७ पुष, कोहलपुर / कोहलपुरमा रहेको चन्द्रज्योति सानीमा कृषि सहकारी संस्थाको १४ औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ । बुधबार दिल कुमारी बि.क को अध्यक्षतामा संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधरण सभामा बि.कले ०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले कुल ६ करोड ९८ लाख ३० हजार ३ सय ३२ कारोबार गरेको बताइन् । जसमा १४ लाख ९५ हजार ९ सय ५०.८ नाफा रहेको छ ।

संस्थाले ४५ लाख ५० हजार खर्च गरेको छ । चालु आ.व ०७९/०८० मा संस्थाले थप १ सय ४५ प्रतिशत बचत बृद्धि,जगेडा कोष एवम् अन्य कोषहरुमा १ सय २० प्रतिशत बृद्धि,शेयर रकम हाल पुजी रहेकोमा १ सय ५० प्रतिशतले बृद्धि गर्ने लगायतका १६ बुदे भावी कार्य योजना समेत प्रस्तुत गरेकि थिइन ।

साधारण सभामा बोल्दै प्रमुख अथिति तथा सहकारी दर्ता लुम्बिनी प्रदेश प्रमुख भिम प्रसाद तिवारीले सहकारी संस्थाहरु उत्पादन मुखि हुन जरुरी रहेको बताए । सहकारीले सहुलियत रिन दिएर युवालाई स्वरोजगार,कृषि उतपादनमा जोड दिन तिवारीले आग्रह गरे ।

त्यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष कल्पना शर्माले आफ्नै देशमा चप्पल उद्योग,चाउमिन उद्योग लगाएतका साना तथा मझौला उद्योग संचालन गरेर स्वरोजगार र आत्मानिभर हुन जरुरी रहेको बताइन् । त्यसको लागि सहकारी सँग वडा सहकार्य गर्न तयार रहेको बताईन ।

साधारणसभाको अवसरमा उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणी लाई सम्मान गरिएको थियो ।