माघ, २९ काठमाडौं : फागुन ५ गते उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरू विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।
सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरू विरुद्ध वृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए। व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् ।
सयुक्त मुल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरूमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती विरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए। समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको जनाएको छ । संयुक्त मुल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरूको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरूले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए।
संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरूको लागि सरकार,राजनीतिक दल वा दलका नेताहरू कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरूले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे । उनले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप लगाए । उनले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँच सहितको बैंकहरूको ज्यादतीविरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताए।
उनले फागुन ५ गते वृहत र्यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरू उत्रने बताए। उनले सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरूलाई आन्दोलनमा सहभागि हुन आग्रह पनि गरे । उनले बैंकहरूले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरूको सिण्डिकेटको विरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पारे । उनले सडक आन्दोलन शान्तिपूर्ण हुने बताए। उनले फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरूको हीतको लागि गर्न लागेको बताए।
उनले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरूको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरू गर्दै जाने बताए। उनले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरूले बैंकिङ कारोबार बन्द गराउने बताए।
संयुक्त आन्दोलनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ढुवानी व्यवसायी महासंघ,ग्रिल तथा स्टिल व्यवसायी महासंघ,कपडा तथा सिलाई व्यवसायी महासंघ,होटल व्यवसायी महासंघ र मोबाइल व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघले साथ दिएको छ । भने महासंघमा आवद्ध ३८ वटा संघहरूले आन्दोलनमा सहभागिता जनाउने भएका छन् ।
कोहलपुर खबर । २९ माघ २०७९, आईतवार १३:०८