१६ मंसिर कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ स्थित संर्घष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रबार सम्पन्न भएको संस्थाको १६ औं वार्षिक साधारणसभा बाट अध्यक्षमा जानकी बि.क. चयन भएकी छिन । अध्यक्ष बि.क. को अध्यक्षतामा ११ सदस्यीय कार्य समिति समेत चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा सिता कुमारी बि.क. सचिवमा गीता देवी सुनार, कोषाध्यक्षमा टिका कुमारी बि.क. चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा शोभा बैगार, गीता चदारा, दिलसरा सुनार ,पार्वती बि क चयन भइका छन भने बाँकी ३ जना सदस्य मनोनित गरिने संस्थाकी व्यवस्थापक तुलसी सुनारले जानकारी दिइन ।
कोहलपुर खबर । १६ मंसिर २०७९, शुक्रबार २३:४८