परराष्ट्रमन्त्री नेपालीलाई स्वदेश ल्याउन इजरायलतर्फ

 

२५ असोज काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्री साउदलाई इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन अनुमति पाए पछि त्यसतर्फ जानुभएको छ ।

इजरायल जाने यसअघि चालक दलका सदस्यलाई मात्रैे अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ ।तर चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन’ मन्त्री साउदको सचिवालयले भनेको छ, ’अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेको हो ।’

जहाज राति ११ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तालिका भए पनि ढिलो गरी उडेको छ ।परराष्ट्रमन्त्रीसँगै मन्त्रालयका सहसचिव शरद आरण पनि इजरायल जानुभएको छ । पहिलो चरणमा आज २ सय ५४ जनालाई स्वदेश ल्याएपछि फेरि अरुलाई लिन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासको आक्रणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।