५ माघ, कोहलपुर / बाँकेको नेपालगन्जमा यही माघ १० देखि माघ २४ गतेसम्म सञ्चालन हुने ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी तीब्र पारिएको छ । प्रादेशिक महोत्सब नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा संचालन हुनेछ ।
महोत्सव शुरु हुन पाँच दिन बाँकी रहँदा महोत्सवका लागि स्टेज तथा स्टल निर्माणको काम, आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको महोत्सव आयोजक मुल समिति संयोजक नन्द बुढाले जानकारी दिए । महोत्सवका संयोजक बुढाका अनुसार महोत्सवलाई आकर्षक बनाउने गरी स्टल निर्माण भइरहेको छ ।
महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका २५० बढि स्टल रहने महोत्सव आयोजक मुल समिति सदस्य लक्ष्मण केसीले बताए । हाल सम्म महोत्सवको करिब १५० भन्दा बढि स्टल बुकिङ्ग भइसकेको उनले बताए । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने उनले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सह-आयोजनामा महोत्सव हुन लागेको हो ।
कोहलपुर खबर । ५ माघ २०७९, बिहीबार १९:३१