११ जेठ, दाङ । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँका आगलागी पीडित २४ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
जापानको “क्योतो सहर“मा रहेर अध्यायन गर्दै आएका कुमाख गाँउपालिका ४ सल्यानका विशाल बुढाथोकी र लमही नगरपालिका ९ अमीलिया दाङका सुनिल चौधरीले नेपाली ८८ हजार बराबर को राहत सामाग्री सहयोग गरेका हुन् । अग्निपीडितहरुको घाउमा मल्हम लगाउने उद्देश्यले उक्त राहत हस्तान्तरण गरिएको हो ।
राहात सामाग्रीमा प्रेसर कुकर, गाग्री ड्रम १०० लि., छाता, तेल, साबुन गरी नेपाली ८८ हजार बराबर को राहत सामाग्री वितरण गरेको लमही नगरपालिका ९ अमीलिया दाङ हाल जापानको “क्योतो सहर“मा अध्यायन गर्दै आएका “थारु सांगीतिक“ क्षेत्रका गायक समेत रहेका सुनिल चौधरीले बताए । सकारात्मक ऊर्जा सहित आउने पिढिलाई समेत उत्प्रेरणा मिलोस, युवा नेतृत्वमा सहयोगी भावना उजागर होस र पिडितको घाउमा अलिकति भएपनि मल्हम बन्न सकौ भन्ने उद्धेश्यले उक्त राहत हस्तान्तरण गरिएको कुमाख गाँउपालिका ४ सल्यान हाल जापानमा अध्यायन गर्दै आएका विशाल बुढाथोकीले बताए ।
गत वैशाख १६ गते दिउँसो ३ बजेतिर आगलागी हुँदा दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँका २५ घर मध्य २४ घर जलेर नष्ट भएका थिए । नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि गाउँमा आगलागी भएको थियो ।
कोहलपुर खबर । ११ जेष्ठ २०८१, शुक्रबार १५:३४