२० माघ कोहलपुर
बाँकेकोकोहलपुर नगरपालिका दुईमा रहेको होटेल डिभाइस डिसमा शुक्रबार एक कार्यक्रमका विच स्वास्थ्यकर्मी तथा संचारकार्मी बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर कार्यालयले चालु आर्थिक वर्षमा भएका कामहरुको बारेमा जानकारी गराएको हो । कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बि.क.को अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले कार्यक्रमको बारेमा जानकारी दिदैं हालसम्म स्वास्थ्य शाखामार्फत भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।
ठकुरीले कोहलपुरमा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था, खोप, पोषण, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, दादुरा–रुबेलाको वर्तमान अवस्था लगायतका बारेमा जानकारी दिदै । स्वास्थ्य शाखा प्रमुख ठुकुरीले टाइफाइड विरुद्धको खोप अभियान, प्रजनन स्वास्थ्य, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको उपचार, परिवार नियोजन, नसर्ने रोगका सचेतनामुलक कार्यक्रम, यात्रु सहायता कक्षमा गरिएको चेकजाँच, विद्यार्थी लक्षित दादुरा–रुवेला खोप, औषधी व्यवस्थापन लगायतका कामहरु शाखा मार्फत भैरहेको बताए ।
कार्यक्रमका सहभागि पत्रकारहरुले कोहलपुरमा आवश्यकता अनुसारको जनशक्ति कम हुनु, दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र कर्मचारी अभाव, उपकरणको अभाव, औषधिको अभाव, आयुर्वेदिक औषधालयका समस्या तथा एम्बुलेन्स समस्या लगायतका कुरा स्वास्थ्य क्षेत्रले भोेगीरहेको बारेमा जिज्ञासा राखेका थिए । उनीहरुले स्वास्थ्य शाखा र संचारमाध्यमको सम्बन्ध समधुर हुनुपर्नेमा जोड दिए । स्वास्थ्य शाखा संचारमाध्यम मैत्री हुन सुझाव दिए । स्वास्थ्य शाखाले पत्रकारिता क्षेत्रलाई समेट्न नसकेको उल्लेख गरे ।
स्वास्थ्य संस्थाको सेवालाई गुणस्तरीय बनाउन चिकित्सा पद्धतिलाई पनि महत्वका साथ नगरपालिकामा समायोजन गर्ने । कार्यक्रममा स्वास्थ्य शिक्षा अधिकृत भरत बहादुर कुँवरले अन्तरक्रियाको सहजिकरण गरेका थिए
कोहलपुर खबर । २० माघ २०७९, शुक्रबार २१:२९