१४ साउन, कोहलपुर ।
सहकारी संस्था र स्थानिय सरोकार बिच अन्तरक्रिया कार्यक्रम कोहलपुर नगरपालिकाको सभाहलमा आज सम्पन्न गरीएको छ । सहकारी हरुको समस्या समाधानका लागी कोहलपुर नगरपालिकाले सो कार्यक्रमको आयोजना गरेको हो ।अहिले व्यापक रुपमा सहकारी को विभिन्न खाले आलोचना बाजारमा फैलिएकोले सहकारी एकदमै नाजुक अवस्थामा पुग्ने भयका कारण समयमा स्थानिय सरकारले सहकारीसस्था संग समन्वय गरी समस्याको हल गरीदिनु हुन आग्रह गरेका छन ।
अहिले सहकारी सम्बन्धी गलत भ्रमहरु उत्पन्न भयको बेला स्थानीय सरकारले यस समस्याको समाधान नहुदा सम्म नँया आउने सहकारी संस्था लाई दर्ता नगरीदिनु हुन कोहलपुरका सहकारीकर्मी हरुले माग गरेका छन । सहकारी मार्फत सदस्यहरुलाई लगानी गरीएको कर्जा नतिर्ने अराजक तथा स्वार्थ बोकेका समुहले आर्थिक संकटको फाईदा उठाउँदै बित्तिय कारोबार गर्ने सहकारी संघ संस्था माथी प्रहार गरी सहकारी सम्बन्धी गलत तथ्य प्रस्तुत गरी भ्रम सिर्जना गर्ने र ऋणीहरुले गरेको व्यवहार प्रति आप्पत्ती गर्दै कर्जा असुल गर्न लाई स्थानीय सरकारको अहम भुमिका रहने सहकारीकर्मी हरुले बताए ।
सविधान र ऐन कानुनका प्रावधानहरु लाई आधार मानी आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागी दिगो एवम गुणात्मक सहकारीको सोच अनुसार सहकारीसंस्था हरुको क्षमता विकासका लागी सहयोग गरी दिनु हुन जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले स्थानीय सरकार लाई आग्रह गरे । साथै सुवेदीले जिल्लामा ७९ वटा सहकारी संस्थाहरु अहिले संचालनमा रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकका मेयर पुर्ण प्रसाद आचार्यले सहकारीहरुले ऋण लगानी गर्दा सदस्य हरुको सबै मापदण्ड पुरा गरेर मात्र लगानी गर्न सुझाव दिएका छन । सहकारी संस्था सँग ऋण लिएको खण्डमा समयमै चुक्ता नगर्ने ऋणीहरु लाई सहकारी सँग समन्वय गरी कानुनी प्रक्रियामा पालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गरी ऋण असुली गरीने प्रतिबद्धता व्यक्त गरे । उनिहरुले स्थानीय तहमा दर्ता भयका कोहलपुर नगरपालिका भित्र पर्ने सहकारी सस्था हरुले नगरपालिकमा आफनो संस्थाको सुचिकरण नभएकाले सुचिकरण गर्ने र आर्थिक विवरणहरु बुझाउन नगरप्रमुख पुर्ण प्रसाद आचार्यले आग्रह गरे । साथै सहकारी सस्थाहरुको समय समयमा अनुगमन, निरिक्षण, लेखापरीक्षण, प्रतिवेदन नियमानुसार संस्था दर्ता भए नभएको निरक्षण गर्न र अगामी दिनबाट स्थानीय सरकार र सहकारी संस्थाहरु बिच हातेमालो गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
कोहलपुर खबर । १४ श्रावण २०८०, आईतवार १७:२६