काठमाडौँ । धादिङको कृष्णभीरमा भएको दुर्घटनामा पूर्वमन्त्री अब्दुल खान घाइते भएका छन्।
सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
पूर्वखानेपानी मन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। खानको हात फ्याक्चर भएको छ।
दुर्घटनामा परेर खान, उनका चालक, स्वकीय सचिव र कम्यूटर अपरेटर घाइते भएका छन् । काठमाडौंँबाट बर्दिया जाँदै गरेका खान सडक दुर्घटनामा परेपछि उपचार गराउन काठमाडौँ फर्किएका छन् ।
कोहलपुर खबर । २६ चैत्र २०८०, सोमबार १६:५५