रेडियो प्रतिबोध एफ. एमको १३ औ वार्षिकोत्सब सम्पन्न

२७ असार, कोहलपुर / बाँकेको कोहलपुरमा रहेको सामुदायिक रेडियो प्रतिबोध एफ एमको १३ औ वार्षिकोत्सब कोहलपुरमा सम्पन्न भएको छ ।

आवाज बिहीनको आवाज र समाज रुपान्तरणका लागि दलित सेवा संघ बाट संञ्चालित सामुदायिक रेडियो प्रतिबोध एफ.एम बि सं २०६७ साल असार २७ गते स्थापना गरिएको हो । बाँकेको कोहलपुरबाट प्रसारण हुदै आएको रेडियो प्रतिबोध एफ एम १०२.३ मेगाहर्जले ले बिभिन्न सुचना तथा संचारमुलक सामग्री प्रसारण गरी जनतालाई सचेत गराउने काम गदै आएको छ ।

रेडियो प्रतिबोध एफएमको १३ औ वार्षिक उत्सव लाई सम्बोधन गर्दै दलित सेवा संघ राष्ट्रिय सह-अध्यक्ष भुमि विकले प्रतिबोध एफएम बाँकेमा स्थापना गरिए पनि पश्चिम नेपालकै आवाज भएको बताईन । उनले सबै खाले मानिसका अनुभवहरु ,जीवन भोगाईका अुभुतिहरु रेडियोमा आउनु पर्नेमा जोड दिईन। उनले विकास निर्माणका आवश्यकताहरु,विकास सम्पन्नताका आवाजहरु रेडियोमा ल्याउन सबैले परिश्रम गर्न आबस्यक रहेको बताईन ।

दलित सेवा संघका केन्द्रिय सदस्य कृष्ण विक,एमाले नेता पुजन विश्वकर्मा ,सहकारी कर्मी जानकी विक,ममता कुलाल ,रेडियो संचालक सदस्य मान बहादुर सुनार,तुलसी सुनार,सल्यान बनगाँड कुपिण्नडे नगरपालिका वडा नं ७ का अध्यक्ष जिवन सिङ ठकुरी लगायतले आवाज विहिनहरुको आवाज रेडियो प्रतिबोध एफएम भएको भन्दै प्रशंसा गरेका थिए ।
रेडियोका स्टेशन म्यानेजर हेमन्त विकले संचालन गरेको कार्यक्रममा पवित्रा परियारले स्वागत मन्तव्य गरेको रेडियो स्रोतले जनाएको छ । कार्यक्रम रेडियो संचालक समिती अध्यक्ष बुध बहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।