गृहमन्त्री खाण र प्रचण्डबीच छलफल

२७ असार काठमाण्डौ / गृहमन्त्री बालकृष्ण खाण र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

भेटमा सरकारले ल्याउन लागेको नागरिकता ऐन संशोधन विधेयकका विषयमा छलफल भएको बुझिएको छ । यसअघिको संसदमा पेस भएको नागरिकता विधेयक फिर्ता लिएको सरकारले नयाँ विधेयक ल्याउँदैछ ।

नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गराउन गृहमन्त्री खाण र कानुनमन्त्री गोविन्द शर्मा कोइराला दौडधुपमा छन् । सरकारले प्रतिनिधि सभाको यही अधिवेशनमा यो विधेयक पारित गराउने तयारी गरेको छ । आउँदो मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गराउनुपर्ने भएकाले चुनावको मिति घोषणाअघि नै विधेयक पारित गर्न सरकारले तयारी थालेको छ । बिहान प्रचण्डलाई भेट्न गृहमन्त्री खाण खुमलटार पुगेका थिए ।