कोहलपुरको चौराह क्षेत्रमा सुकेका रुखहरु हटाइयो

६ चैत्र,कोहलपुर / कोहलपुर चौराह क्षेत्रमा सुकेका रुखहरु व्यवस्थापन गरिए । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रमा सुकेका रुखहरु हटाएको छ ।

सुकेका रुखहरुका कारण पैदलायात्रुलाई ठूलो जोखिम भएकोले आज व्यवस्थापन गरिएको हो । हावाहुरी चल्ने मौसम भएकोले सुकेका रुखहरु ढल्ने र हांगाहरु भाँचिने जोखिम भएकोले नगरपालिकाले सडक र वन कार्यालयलाई ती रुखहरु हटाइदिन आग्रह गरेको हो ।

कोहलपुर नगरपालिका र कार्यपालिकाका सदस्य समेत रहेका थिए । वडा नं,१२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले गर्मीयाममा हावाहुरी चल्ने र सुकेका रुखका हाँगा खस्ने तथा भाँचिने र मानवीय क्षतीको जोखिम पुर्ण भएकोले नगरपालिकाको आग्रहमा हटाइएको थियो । सिसम, साल र खयरका करिब २९ वटा रुखहरु हटाइएको छ ।