१० पौष, कोहलपुर / बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । मृतक ठकुरीको सडक दुर्घटनाा मृत्यु पछि सराेकारवाला निकायले उक्त घटना प्रति कुनै पनि कदम नचालेको र बेवास्ता गरेको भन्दै मृतकका आफन्तहरुले
नेपालगन्ज सुर्खेत सडक खण्ड अन्तर्गत बैजनाथ गाउँपालिका वडा न ४ बानियाभार र वडा न १ चिसापानीको च्यामामा सडक अवरुद्ध गरेका छन । पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै सडक अबरुद्ध गरेका हुन । आज बाकेको बानियाभार र चिसापानी सुर्खेतको छिन्चु जाजरकोट सडक खण्ड र सुर्खेत नेपालगञ्ज सडक खण्ड अनिश्चितकालीन बन्द गरेको मृतकका आफन्त रमेश गिरिले बताए ।
फोटो फिचर
कोहलपुर खबर । १० पुष २०७९, आईतवार १२:५१