कोहलपुर संचारिका समूहको शुभकामना आदानप्रदान

कार्तिक ४ कोहलपुर । कोहलपुर संचारिका समूह नेपाल बाँके शाखाले बिजया दशमी, शुभ दिपावली, तथा छट् पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अथिति कोहलपुर नगरपालिका उपमेयर संगीता सुवेदीले संचारिका समूहका महिला पत्रकारहरुलाई अगाडी बढ्न आफ्नो र नगरपालिकाको र्तफबाट गर्नसक्ने काममा सहयोग गने बताएकी छन । समाज रुपान्तरणमा महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै महिलहरुको क्षमता अभिबृद्धिका निम्ति आवश्यक बजेट समेत सहयोग गर्ने बताईन ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमख जिल्ल अधिकारी श्रवण कुमार पोखरेलले बाँके जिल्ला आफैमा सद्भावको जिल्लाको रुपमा चिनिदै आएको र यसलाई कायम राख्न सबैको महत्वपुर्ण भुमिका हुने बताए । जिल्लाको शान्ति सुरक्षा कायम गर्न समग्र पत्रकारहरुले समाचारको माध्यामबाट जिल्लाका आम नागरिकहरुलाई उत्तरदायी गराउनुपर्ने बताए ।

त्यसै गरी कार्यक्रममा बोल्दै बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र सद्भाव कायम राख्न पत्रकारहरुको भूमिका महत्वूर्ण हुने भन्दै उनले प्रहरीबाट कही कतै गलत भएको छ भने समाचार बनाई जिम्मेवार बनाउन पनि आग्रह गरे ।
पत्रकार आचारसंंहिता विपरित समाचार सम्प्रेषण भएको खण्डमा पत्रकार पनि कानूनी दायरामा ल्याइने बताए । उनले समाज रुपान्तण र सद्भाव कायम राख्न नेपाल प्रहरीका सबै निकाय सँग आपसी समन्वयन र सहकार्य गर्न सधै तयार रहेको बोहोराले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख सुन्दर तिवारी, टृफिक प्रहरी कार्यलय बाँकेका प्रमुख गोपि कृष्ण सुबेदी, नेपाली कंग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीका अध्यक्ष पुष्पराज हमाल, र संचारिका समूह बाँकेकी उपाध्यक्ष सरला सुवेदी, लगायतले शुभकामना आदानप्रदान गरेका थिए ।

संचारिका समूह बाँकेकी अध्यक्ष रुपनी जि एमको अध्यक्षतामा र महासचिव पबित्रा परियारले कार्यक्रम संचालन गरेकी हुन ।