बैजनाथका १५ सय भन्दा बढी किसानहरुलाई हार्मेटिक (पिक्स) ब्याग वितरण

१५ सय भन्दा बढी हार्मेटिक (पिक्स) ब्याग वितरण

२२ पुस, कोहलपुर । 

बाँकेको बैजनाथ गाउँपालिकामा किसानसंग पालिका प्रमुख कार्यक्रम अन्तर्गत १५ सय भन्दा बढी किसानहरुलाइ हार्मेटिक (पिक्स) ब्याग वितरण गरिएको हो ।

बैजनाथ गाउँपालिकाले शुक्रबार कार्यक्रम गर्दै अध्यक्ष प्रकाश बहादुर शाहीले किसानहरुलाई हार्मेटिक (पिक्स) ब्याग वितरण गरेका हुन् । किसानहरुले उत्पादन गरेको रैथाने बिउ बिजन सुरक्षित राख्ने उद्देश्यले हार्मेटिक (पिक्स) ब्याग वितरण गरिएको पालिकाका अध्यक्ष शाहीले बताएका छन् । ‘हार्मेटिक (पिक्स) ब्यागमा विउविजन राख्दा कुनै पनि किरा, घुन, पुतली तथा मुसा समेत नलाग्ने गरी करिब १० वर्षसम्म राख्न सकिने शाहीले बताए ।

बैजनाथ गाउँपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादव, बन तथा वातावरण समिति संयोजक फरुदिन हलवाई र कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा लगाएत स्थानीय कृषकहरुको उपस्थितिमा हार्मेटिक ब्याग वितरण गरिएको हो ।
यस्तै कृषि विकास शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार कुल ४४ ब्यवसायीक कृषि फर्म (प्रति २÷२ दरले) र ५७ कृषक समुह (प्रति २५ वटा) गरी करिब १५ सय १३ जना किसानलाई हार्मेटिक ब्याग वितरण गरिएको बताए ।
यसले पौष्टिक तत्व बचाउँछ भने एउटा ब्यागमा ७० केजीसम्म क्षमता विउविजन राख्न सकिने कृषि शाखाका प्रमुख विश्वकर्माले बताए ।