१६ असार, काठमाडौं । केहि समय यता दैलेखमा रहेको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको उत्खनन कार्य कोरोना भाइरस कारण बन्द भएको थियो । पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः शुरू भएको छ ।
दैलेखमा भइरहेको त्यस्को ध्ययनका लागि झन्डै साढे दुई वर्षपछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन् ।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको बीबीसी नेपालीले उल्लेख गरेको छ ।
नेपालमा चीन सरकारको सहयोगमा भइरहेको अन्वेषण अन्तर्गत त्यहाँ साइज्मिक ९ भूकम्पीय सर्वेक्षण सम्पन्न भइसकेको छ ।
कोहलपुर खबर । १६ असार २०७९, बिहीबार १३:२१