कोहलपुर प्रहरी द्वारा १३ बर्षे अपहरीत बालकको उद्वार

८ मंसिर, काेहलपुर / ईलाका प्रहरी कार्यालय कोहलपुरको खाेज तलास एवं उद्वार गर्न खटिएकाे टाेलीले नेपाल भारत सिमाबाट बाँके बैजानाथ गा.पा. वडा नं. १ चिसापानी बस्ने अपहरित भएकाे १३ बर्षे बालककाे उद्वार गरेकाे छ ।
बैजनाथ गाउँपालिका वडा नं. १ का १३ बर्षे बालकलाई सामाजिक संजाल फेसबुक बाट अपरिचित परिवर्तीत नाम “नमुना भट्टराई”, “लुरी डन” नामक फेसबुकबाट केटी साथी बनेर चाैराहमा बाेलाई झुक्याएर अपहरण गरि लिएकाे र उक्त बालकलाई २३ दिनसम्म बन्धक बनाएकाे प्रहरि अनुसन्धान बाट खुलेकाे छ ।
उक्त घटनाकाे अनुसन्धान गर्दा रुकुम जिल्ला पश्चिम् चौरजहारी न.पा. वडा नं. १३ एकाैली बस्ने बर्ष ३१ काे जितुलाल शर्माले केटी भेटाईदिने भनी झुक्याएर भारतकाे चन्डीगड ,हरिद्वार सिम्ला ,छत्री सम्म पुर्याई अन्तमा नेपाल भारत सिमा रूपडियामा छाेडेकाे बताईएकाे छ ।
ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख ऐन बहादुर मल्लले पछिल्लो समय यसरी सामाजीक संजालकाे माध्यम प्रयाेग गरी फेक आइडी बनाएर फसाई अपराध भईरहेकाेले त्यसमा सबैले बेलैमा सजक रहनुपर्ने बताए ।
सामाजिक संजाल फेक आईडिकाे प्रयाेग बाट फिसिङ ( फसाई ) अपहरण गरी शारीरिक सम्बन्ध समेत राखेकाे प्रहरी अनुसन्धान बाट खुलेकाे कोहलपुर ईलाका प्रहरी प्रमुख ऐन ब. मल्लले जानकारी गराए ।
प्रहरी प्रमुख मल्लले हाल उक्त अपराधि फरार रहेकोले त्यस्को खाेज तलास कार्य भइ रहेकाे बताएका छन ।