२ असोज,काठमाण्डौ । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने आज ऋषि पञ्चमी पर्व नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।
महिलाहरुले बिहानै उठेर नजिकको नदी, खोलामा, गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।यस वर्ष तिथि घटबढका आज ऋषिपञ्चमी परेको छ ।
कोहलपुर खबर । २ आश्विन २०८०, मंगलवार ११:३३