एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडालाई मातृशोक

१९ भदौ,काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।

मातलीको लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो । उनी ब्रेनस्टोकबाट पीडित थिइन्। मालतीका एक छोरा र तीन छोरी छन्।

खतिवडाकी आज मातलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।