एमाले बाँकेको अध्यक्षमा गुरुङ र सचिबमा भट्टराई निर्वाचित

७ जेठ, कोहलपुर । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

गुरुङले २९१ मत प्राप्त गर्दा बिसीले १५४ मत मात्र प्राप्त गर्न सकेका छन् । निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री बिजयी भएका छन् । प्रदेश सरकारका सामाजिक बिकास मन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार रबिन्द्र लम्सालले १३८ मत पाएका छन् । त्यसैगरि सचिव पदमा बलराम भट्टराई १३९ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले १०६ मत, भिम वलीले ९५ मत र दत्त आचार्यले ८८ मत पाएका छन् । उपसचिव महिलामा निर्मला सुनार बिजयी भएकी छन् भने पुरुषमा किशोर थापा बिजयी भएका छन् ।

उपाध्यक्ष खत्री बिसी प्यानलबाट र सचिव भट्टराई गुरुङ प्यानलबाट चुनाव लडेका थिए । निवर्तमान अध्यक्ष किस्मत कक्षपतीले चुनाबी मैदानबाट बाहिरिँदा आफ्ना उम्मेदवार भनेर मत मागेका उपाध्यक्षका उम्मेदवार लम्साल र सचिवका उम्मेदवार आचार्य दुबै पराजित भए । गुरुङको समर्थन गर्दै कक्षपती मैदान छाडेर उम्मेदवारी फिर्ता लिएका थिए ।

एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला (महिला) मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती) मा अंकित श्रेष्ठ, सदस्य (दलित) मा लिलमान दमाई, सदस्य (मधेसी) मा लालतारा (अजय गद्दी) सदस्य (युवा पुरुष) मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला) मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला) मा सुनेना मिश्र, सदस्य खुला (पुरुष) मा पारशनाथ पाण्डे, सदस्य (मधेसी) मा राजकुमार तिवारी, सदस्य (युवा) मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम) मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित भएका छन् । डुडुवा गाउँपालिकाबाट सदस्य खुला (पुरुष) मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला (महिला)मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित (महिला) मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित (पुरुष) मा बुद्धिबहादुर बि.क., सदस्य युवा (पुरुष) मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला) मा तलतप्रविण खान, सदस्य युवा (महिला) मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती महिला) मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् । जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला) मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला (पुरुष) मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवा) मा हिमान्सु यादव र सदस्य (आदिवासी जनजाती) मा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसी) मा साविर जोलाह, सदस्य (मुस्लिम) मा जैनुल आवद्धिन खाँ, सदस्य (महिला) मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला (महिला) मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला) मा मनमाया चुनारा र सदस्य युवा (महिला) मा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् । सदस्य जिल्ला खुला (महिला) मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला) मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु (पुरुष) मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु (महिला) मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला) मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित भइसकेका छन् ।