७ मंसिर, कोहलपुर । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बिमा योजना ‘सहि प्लान’ शुभारम्भ गरेको छ ।
कम्पनीले विहिबार बाँकेको गनापुरमा रहेको नमस्ते रिसोर्टमा एक कार्यक्रम आयोजना गर्दै ’सूर्यज्योति ‘सहि प्लान’ योजना शुभारम्भ गरेको हो । जीवन बीमा क्षेत्रमा नयाँ सोचका साथ अरु भन्दा फरक, आकर्षक र उत्कृष्ट सुविधाहरू भएको ‘सहि प्लान’ आम मानिसहरूको आवश्यकता र परिस्तिथिलाई मध्य नजर गर्दै पहिलो पटक सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको हो ।
नयाँ योजना शुभारम्भ तथा अन्तक्रिया कार्यक्रम सभाध्यक्ष समेत रहेका सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सहि प्लान’ योजनाका बारेमा प्रष्ट पारेका थिए । खड्काका अनुसार यस योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने विशेषताहरू छन ।
यस प्लानका ऐच्छिक तथा अतिरिक्त सुविधाहरुमा दुर्धटनाका कारण मृत्यु भएमा दोहोरो विमा लाभ (अधिकतम १ करोड सम्म), दुर्घटनाबाट पुर्ण अशक्त भएमा (अधिकतम १ करोड सम्म), बाँकी अबधिको बीमा शुल्क छुट, बीमाङ्कको आधारमा कम्तिमा १० बर्ष सम्म मासिक अशक्त सुबिधा रहेको छ, खड्काले भने । यसबाहेक ऐच्छिक सुविधा अन्तर्गत सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध ५० लाखसम्मको उपचार खर्चको सुबिधा समेत रहेको खड्काले बताए ।
सहि प्लान शुभारम्भ तथा अन्तक्रिया कार्यक्रममा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बाँके तथा बर्दियाका अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर खबर । ७ मंसिर २०८०, बिहीबार २१:३२