१८ असार, कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा आज गुरु पुर्णिमाको अवसरमा केक कटाएर मनाएका छन ।
शिक्षा शास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरुले केक काट्न लगाई प्राध्यापक गुरुहरुको सम्मान गर्दे गुरु पुर्णिामा भव्य र उत्साहका साथ मनाएका हुन ।
गुरु शब्द आफैमा ओजिलो र गर्व गर्न लायक भएकोले गुरु र शिष्यहरुको सम्बन्ध नजिक हुनुपर्नमा र यो संस्कृतलाई जोगाई राख्न सबै विद्यार्थीहरुलाई केक काट्दै क्याम्पस प्रमुख दान बहादुरले धन्यवाद दिएका थिय ।
विगत देखि नै यो परम्परा लाई वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा गुरु पुर्णिामा मनाउदै आएको र गुरुहरु पनि आजको २१ औ शताब्दीको गुरु नभैइ हिजोको परम्परागत हुनुपर्ने, हरेक गुरुहरुल्ल्ले दिएको शिक्षा तथा सीप लाई शिष्यहरुले अंगिकार गर्नु पर्ने कुराको वकालत गर्दै गुर पुर्णिमा दिवस मनाएको उप प्राध्यापक एकराज शर्माले जानकारी दिए ।
विदेशी संस्कृती भित्रीएकोले आज भोलि यो संस्कार हराउदै गएको बेला यसको निरन्तरता दिनु अनुशासनमा रहेर संस्कारको पालन गर्नु राम्रो भएकोले आयोजक विद्यार्थीलाई समेत धन्यवाद दिएका हुन ।
कोहलपुर खबर । १८ असार २०८०, सोमबार १५:१६