नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

१८ साउन,चितवन । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको मृत्यु भयको छ । बिहान ७ बजेर ४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी हाम फालेकी महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा बिहान ८ बजेर ३६ मा महिलाको मृत्यु भएको हो। नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो। उनको नाम थर र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए ।