९ पुष कोहलपुर / बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो ।
मृतक रमेश चन्द ठकुरीको सडक दुर्घटनाा मृत्यु पछि सराेकारवाला निकायले उक्त घटना प्रति कुनै पनि कदम नचालेको र बेवास्ता गरेको छ । मृतकका आफन्तहरुले पुष १० गते छिन्चु जाजरकोट सडक खण्ड र सुर्खेत नेपालगञ्ज सडक खण्ड अनिश्चितकालीन बन्द गर्ने भएका छन् ।
मृतकका आफन्तले जानकारी दिए अनुसार गाडि धनी र प्रशासन विच छिन्चुमा छलफलका विच कुरा नमिले पछि सडक बन्द वाहेक अरु उपाए नरहेको मनाेज पोख्रेलले जानकारी दिएका हुन्।
चेतना सामाजिक उधमि सहकारी सस्था लि.सेवा केन्द्र सल्लिबजार सल्यानका सेवा केन्द्र प्रबन्धकमा कार्यारत ठकुरीलाइ शुक्रबार दिउँसो सल्लिवजार देखि काेहलपुर जाने क्रममा हर्रे भन्दा २ कि.मि. अगाडि माेडमा वसलाइ ओभरटेक गर्ने क्रममा बसकाे ठक्करबाट घटना स्थलमै मृत्यु भएको थियोे ।
बसले ठक्कर दिए पछि वाइक अनियिन्त्रीत भइ सडक छेउमा पल्टिए पछि बसकाे पछिडाका टायरले टाउको हुदै कुम तर्फको भाग किचेकाे थियोे ।
आज भएको छलफलमा गाडि धनिले क्षतिपुर्ती दिन आनाकानी गरे पछि पिडित परिवारले न्यायका निम्ति सबै पक्षसँग अनुरोध गर्दै आफ्नो कुरा कुनैले नसुने पछि वाध्यतावस सडक आन्दोलन गर्न वाध्य भएका छन् ।
सव आफन्तले बुझेका छैनन्। ठकुरीकाे सव मेहेलकुना अस्पताल सुर्खेतमा राखिएको छ ।
कोहलपुर खबर । ९ पुष २०७९, शनिबार २२:१३