२ असार, काठमाडौं । उनको हात, उनको अधिकार’ नाराका साथ आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस मनाइँदैछ ।
यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दा, जलवायू परिवर्तन, भू–संंरक्षणलगायत विभिन्न विषयमा सन्देश प्रवाह गर्दै आएको छ ।बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न र जमिनको खण्डीकरण मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ ।
भूमिको स्वामित्वमा महिलाको समान अधिकारलाई पैरवी गर्न तथा लैगिंक समानता र भूक्षय तटस्थताको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्न यस वर्षको नारा र उदेश्य केन्द्रित रहेको छ । पछिल्ला वर्ष नेपालमा पनि जलवायू परिवर्तनको असरसँगै खडेरी बढ्दो छ ।
सन् १९९५ देखि हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
कोहलपुर खबर । २ असार २०८०, शनिबार १३:४५