कोहलपुर । पाँचौ प्रादेशिक औधोगीक लघु घरेलु कृषि प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव कोहलपुरमा आज चर्चित गायक बद्री पंगेनी,गायक एम.टी. महर,गायिका प्रिती आले र मोडेल टिका जैसीको प्रस्तुति रहनेछ ।
माघ २५ गतेबाट सुरु भएको महोत्सवमा आज गायक बद्री पंगेनी,गायक एम.टी. महर,गायिका प्रिती आले र मोडेल टिका जैसी लगायतका कलाकार आउने प्रचार प्रसारका संयोजक ईश्वरी शर्माले जानकारी दिए ।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु.१ सय रुपैयाँ टिकट दर कायम गरिएको
छ ।
कोहलपुर खबर । ५ फाल्गुन २०८०, शनिबार ११:३१