२० कार्तिक, कोहलपुर । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा लाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ ।
कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको छैठौं दिनमा भएको दोस्रो सेमिफाइनल खेलमा दुधौली स्पोर्ट क्लबलाई ४-१ गोलको अन्तरले हराउँदै त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयको पहिलो हाफमा दुधौलिका खेलाडि अजय कुमारले गोल गरि दुधौली स्पोर्ट क्लबलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै आर्मी फुटबल क्लबका खेलाडि टंक बस्नेतले गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा त्रिभुवन आर्मी फुटबल क्लबका खेलाडि टंक बस्नेत, मान बहादुर आलेमगर र निर्धारित समयको अन्तिम तर्फ मदन लिम्बुले एकएक गोल गरि ४-१ को फराकिलो अन्तरले आर्मी फुटबल क्लबलाई जित दिलाएका हुन ।
आर्मी फुटबल क्लबका खेलाडी मान बहादुर आले मगर म्यान अफद म्याज धोषित भएका छन । कोहलपुर नगरपालिका वडा न १२ का वडाअध्यक्ष बिरेन्द्र शाहले आले मगर लाई लाई नगद रु ५ हजार रकम हतान्तरण गरेका थिए ।
अब त्रिभुवन आर्मी फुटबल क्लबले उपाधिका लागी चर्च व्वाइज यूनाइटेड सङ्ग प्रतिस्पर्धा गर्ने मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८० का खेल संयोजक राम बहादुर मल्लले बताए ।
प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक मल्लले बताए । अब अन्तिम खेल कार्तिक २२ गते हुनेछ ।
कोहलपुर खबर । २० कार्तिक २०८०, सोमबार १८:३९