कोहलपुर उद्योग वाणिज्य संघको १०औं वार्षिक साधारण सभा शुक्रवार हुँदै

२५ औं स्थापना दिवस र १०औं वार्षिक साधारण सभा

१९ पुस कोहलपुर। कोहलपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभाको सम्पुर्ण तयारी पूरा भएको छ ।

उधोग वाणिज्य संघको २५ औं स्थापना दिवशको अबसरमा विशेष कार्यक्रमसँगै संघको १० औं वार्षिक साधारण सभा शुक्रवार २० गते हुने भएको छ । २५ औं स्थापना दिवस र १०औं बार्षिक साधारण सभा भव्य समाराेहका बीच सम्पन्न गर्न आवश्यक तयारी पुरा भएकाे उधोग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले जानकारी दिदैं यही पुस २० गते संघको साधारण सभा गर्ने निर्णय भए अनुसार संघले १० औं वार्षिक साधारण सभा उद्याेग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आथित्यतामा आयाेजना गरिएकाे संघका अध्यक्ष लक्ष्मण राज पाैडेलले बताएको छन् ।

उधोग वाणिज्य संघका अध्यक्ष पाैडेलको अध्यक्षतामा यस अघि बसेको कार्यसमिति बैठकले साधारण सभा तथा स्थापना दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न विभिन्न तयारी समिति गठन गरिएकाले छाेटाे समयमा साधारण सभा आयाेजना गर्न सहज वाताबरण बनेकाे बताउनु भएकाे हो ।

संघकाे सभाहलमा विहान ११ बजेबाट शुरू हुने साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिने छ । व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गरिरहेकाे अवस्थामा न्यून भोल्टेज, घर बहाल समस्या, भन्सार तथा अन्डर विलिङ्गको व्यवस्थापन लगाएतका समस्या समाधानसंगै मिसावट जस्ता समस्याहरु समाधानमा केन्द्रित रहेर साधारण सभा गरिने भएको छ ।

संघले व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवद्र्धन गरी काेहलपुरलाई लुम्बिनी प्रदेशको व्यापारीक नाकाको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेकाे भन्दै संघ अध्यक्ष पाैडेलले साधारण सभामा उद्याेगी व्यवसायी मात्र नभई सम्पूर्ण सम्बन्धित पक्ष, नागरिक समाज, पत्रकार लगाएतका सामाजिक अभियन्ताहरूलाई उपस्थितकाे लागि यसै समाचार मार्फत निमन्त्रणाका लागी अनुरोध गरिएको संघका अध्यक्ष लक्ष्मण राज पौडेलले बताएका छन् ।