बाँकेमा लागूऔषधसहित २ जना पक्राउ


२८ असार, नेपालगंज । बाँकेमा लागूऔषधसहित २ जनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाँउबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत रुपैडिहा बस्ने १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अली रहेका छन्। ईलाका प्रहरी कार्यालय जमुना र लागूऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ एमपी ६१८९ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजना माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।