१ मंसिर कोहलपुर। तमु,स्यो ह्युल छोंजघिं गुरुङ्ग राष्ट्रिय परिषद् इकाई कमिटि कोहलपुरको आयोजनमा बिहिबार प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुलाई गुरुङ्ग समुदायले आर्शिवाद दिएका छन् । आसन्न मंसिर ४ मा प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्य लगायत बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त टिमलाई जितको अग्रिम शुभकामना दिदै आफ्नो समुदायमा भएका समस्या समाधानका लागि नभई गाउ र टोलको समग्र विकासको लागि प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुलाई अत्याधिक बहुमतले बिजय गराउने भन्दै तमू समाज कोहलपुरले गौतमको आशृबाद समेतले गठबन्धनकाे जित सुनिश्चित रहेको बताएका थिए ।
प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुले तमु,स्यो ह्युल छोंजघिं गुरुङ्ग राष्ट्रिय परिषद् इकाई कमिटि कोहलपुरले आफुलाई सहयो गर्दै आएको बताए आफुले पनि तमू समाजलाई मात्र नभएर सम्पूर्ण जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बुद्ध बिहारको सुरुवात गरेको कामलाई निरन्तरता दिनुपर्छ भन्ने सुझाव समेत दिए थिए ।
कोहलपुर खबर । १ मंसिर २०७९, बिहीबार १२:२५