१७ असोज,काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या भयको छ । तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । देउवालाई सुरुमा रुघाखोकी लागेको थियो टन्सिल बढ्यो । हल्का ज्वरो पनि आयो । राजनीतिक भेटघाट बन्द गर्नु भएको देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।
कोहलपुर खबर । १७ आश्विन २०८०, बुधबार १२:१३