२० कात्तिक, जाजरकोट । जाजरकोटका ७१ भूकम्प पीडित परिवारलाई सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतले राहत सामग्री वितरण गरेको छ। भेरी नगरपालिका–१ का भूकम्प पीडित ७१ परिवारलाई तत्कालिन राहत सामग्री वितरण गरेको हो।
गाउँमा पूर्णरुपमा घर भत्किएका परिवारलाई गाउँपालिका, वडाका जनप्रतिनिधि, स्थनीय राजनीतिक दलका प्रतिनिधि, प्रहरीसँगको समन्वयमा राहत वितरण गरिएको सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका सञ्चार कोर्डिनेटर दुर्गा तिवारीले जानकारी दिए।
कोहलपुर खबर । २० कार्तिक २०८०, सोमबार १३:४५