बाजेको कुटाइले दुई वर्षीय नातिको मृत्यु


२९ असार, बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका ६ मुडेलीधारमा बाजेकोे कुटाइबाट दुई वर्षीय नातिको मृत्यु भएको छ भने अर्का नाति घाइते भयका छन ।

गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । बाजे ५० वर्षीय गणेश साउँद बाजेले कुट्दा दीपक साउँदका छोरा दुई वर्षीय रेशम मृत्यु बैतडीका प्रहरीले जानकारी दिए।

गणेशकै कुटाइबाट अर्का नाति ८ वर्षीय रिजन गम्भीर घाइते भएका छन्। बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला गणेशले उनीहरूमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गणेश मानसिक बिरामी रहेका पारिवारले बताए । रिजन र रेशमका बुबा दीपक कामको सिलसिलामा धनगढीमा छन्।

गणेश विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।