२ माघ, दाङ / दाङमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको ज्यान गाएको छ ।
सोमबार बिहान करिब २ बजे घोराही १६ बेसाई स्थित सर्रा सौडीयार सडक खण्डमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १८ विवेक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मोटरसाईकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो ।
उनिहरुको करिब ३ बजेतिर प्रतिष्ठानले मृत घोषणा गरेको र शव अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार विवेकको पनि दुबै हात, दुबै खुट्टा भाँचिएको टाउकोमा गहिरो चोट लागेको थियो । उनको पनि उपचार कै क्रममा बिहान करिब सवा ५ बजे मृत्यु भएको र शव अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
कोहलपुर खबर । २ माघ २०७९, सोमबार ११:१२