नापी र मालपोत कोहलपुरबाट ३ जना वकिल सहित ६ जना विचौलिया पक्राउ

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो ।


✍️विवेक रेग्मी
२३ बैशाख, कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जनालाई पक्राउ परेका छन ।

कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो पछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन । कार्यालय भित्र विचौलिको काम गरिरहेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको भण्डारीले जानकारी दिए ।

डिएसपी धर्मराज भण्डारीका अनुसार, अनुसन्धानका क्रममा भएकोले को को पक्राउ परेका छन् भन्ने अहिले खुलाउन नमिल्ने बताए ।  ३ जना वकिल, १ जना कोहलपुर नगरपालिकाका करार कर्मचारी सहित बिचौलिया पक्राउ परेको भण्डारीले जानकारी दिए ।