मिटरब्याज पीडितहरू प्रधानमन्त्रीसाँमु भक्कानिए, तस्वीरहरू

       १८ चैत,काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको हो ।

भेटमा पीडितहरूले प्रधानमन्त्री दाहालसमक्ष रुँदै आफ्ना समस्या समाधान गर्न अपिल गरेका थिए।

पीडितहरुले पटकपटक काठमाडौं आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको बताए ।

यसपालि प्रधानमन्त्रीकै मुखबाट पीडितहरुको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको पीडितहरुले बताएका हुन् ।

त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रुपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संसोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन् । (तस्वीरहरू)