कोरोना सङ्क्रमण एक सातादेखि पुन उकालो

०३ गते साउन /असार २६ गते १२१ मा कोरोना सङ्क्रमण र सक्रिय सङ्क्रमित रहेकोमा सोमबार भने बढेर १,७७६ पुगेको छ ।

आइतबार र सोमबार सङ्क्रमणका कारणले एक/एक जना सङ्क्रमितको ज्यान गएको छ।सङ्क्रमण असार अन्तिमदेखि उकालो लाग्न थालेको हो।

असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५, मा सङ्क्रमण देखिएको छ। शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउँछन् ।

‘भारतमा भने कोरोना सङ्क्रमण दैनिक बढिरहेको छ । भारतबाट हजारौँ मानिस दिनौं नेपालको प्रवेश पनि गरिरहेका छन्’, उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ। ती मानिसहरुका कारणले नै सङ्क्रमण बडिरहेको छ ।’

उनका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो। मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको हो ।

नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको सङ्क्रमित भेटिएको छ। यसले पनि भोलिका दिनमा ठुलो हानी पुराउँछ ।
उनले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताए। महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछिन्।

उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए। अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ। तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन्।

अस्पतालमा साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो। अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको उनको भनाइ छ ।