एजेन्सी । दिन दिनै युक्रेनमाथिको रुसी आक्रमणको क्रम अझै बडिरको छ । रुस युक्रेनका हरेक बन्दरगाहलाई कब्जामा लिएर उसलाई आर्थिक स्रोतमा कम्जोर बनाउन चाहन्थ्यो ।
यही उद्देश्यका लागि रुसीका नौ सेना युक्रेनको तटीय क्षेत्र कब्जा गर्न र उसलाई समुद्रबाट वञ्चित गर्ने प्रयासमा तटीय क्षेत्रमा अघि बढेका थिए ।
धैरै महिनाको युद्धपछि रुस उसको लक्षमा आंशिक रूपमा सफल भएको छ । युक्रेनका पाँच प्रमुख व्यापारिक बन्दरगाहमध्ये दुई वटा: बेर्दीयान्स्क र मारिउपोल बन्दरगाहलाई रुसले कब्जा गरेको त्यहाको स्रोतले बताएको छ ।
युक्रेनी व्यावसायिक जहाजका लागि कृष्ण सागर सबैभन्दा राम्रो रुट हो । त्यहाँबाट भूमध्यसागरलाई छोएका देशमा मात्र होइन स्वेज नहर र बाहिरका बजारसम्म पुग्न सकिन्छ ।
यिनै समुन्द्र मार्ग हुँदै युक्रेनले विश्वको उपभोग गर्नेमध्ये ९ प्रतिशत गहुँ , १५ प्रतिशत मकै र ४४ प्रतिशत सूर्यमुखी तेल निर्यात गर्ने गरेको थियो । बंगलादेश, इजिप्ट, इन्डोनेसिया र पाकिस्तानले तिनले उपभोग गर्ने एक चौथाइ गहुँ युक्रेनबाट किन्थे ।
युक्रेनको प्रमुख बन्दरगाह ओडेसाका साथसाथै माईकोलाईभ अझै पनि युक्रेनको नियन्त्रणमा छ । युद्धअघि युक्रेनले गर्ने निर्यातको ८० प्रतिशत हिस्सा यही दुई बन्दरगाहबाट हुने गर्थ्यो ।
रुसले यी दुई व्यापारिक केन्द्र र तिनका वरपर रहेका क्षेत्रहरू कब्जा लिन गरेको प्रयास असफल भएको छ र त्यस भेगमा उसको प्रगति रोकिएको छ ।
युक्रेनी फौजले खेर्सन र माइकोलाइभ र त्यस वरपर रुसी सेनामाथिको प्रत्याक्रमण तीव्र बनाए छन् । ओडेसा, माइकोलाइभ र चेर्नोमोस्क बन्दरगाहहरूले अझै पनि तिनको काम सुचारु राखेका छन् ।
तर रुसले कृष्ण सागरबाट नाकाबन्दी सुरु गरेर युक्रेनी अन्न बाहिरिन सकेको छैन । व्यापारिक ढुवानीलाई बन्दरगाह प्रयोग नगर्न चेतावनी दिइएको छ ।
बन्दरगाहतर्फ जाने बाटोमा समुद्री बारुदी सुरुङ राखिएको छ भने कृष्ण सागरको सम्पूर्ण क्षेत्रमा रुसी युद्धपोत र लडाकु विमानहरूलाई निरन्तर गस्तीमा राखिएको छ ।
कोहलपुर खबर । १७ असार २०७९, शुक्रबार ०७:४०