२५ असोज,काठमाण्डौ । बझाङमा गएराति मष्टा गाउँपालिकाको भातेखोला केन्द्रबिन्दु भएर राति १२ बजेर २२ मिनेटमा ५ दशमलव २ रेक्टरस्केलको परकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार सदरमुकाम चैनपुरबाट ५ दशमलव ३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर परकम्प गएको हो । उहाँका अनुसार बझाङमा निरन्तर परकम्प गइरहेका छन् । बझाङमा १६ गते मङ्गलवारको भूकम्पपछि अहिलेसम्म सानाठूला गरी झण्डै ५ सय पटक परकम्प गएका छन् । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन पनि उहाँको आग्रह छ ।
कोहलपुर खबर । २५ आश्विन २०८०, बिहीबार १६:१६