खजुरामा कोभिडविरुद्धको खोप लगाउँदै गाउँपालिका

२० चैत्र,खजुरा (बाँके) / खजुरा गाँउपालिकाले सोमबारदेखी कोभिड विरुद्धको खोप लगाउन थालेको छ । आगामी तीन दिनसम्म गाउँपालिकाको सबै वडामा रहेका स्वास्थ्य संस्थामा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम शुरु हुने स्वास्थ्य शाखाका लक्ष्मी केसीले जानकारी दिए ।

उनका अनुसार यसअघि एकपटक पनि खोप नलागाएका १८ बर्षमाथिका सबैको लागि भेरोसेलको पहिलो मात्रा, १२ बर्षमाथिका सबै दिर्घरोगीहरु, गर्भवती, स्वास्थ्यकर्मी तथा ५५ बर्षको माथिका सबैलाई पिफाइजरको पहिलो र दोस्रो बुस्टर डोज लगाउने कार्यक्रम रहेको जानकारी दिए।