२२ भदौ,काठमाडौं । आज ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी विश्व साक्षरता दिवस मनाइँदै छ।नेपाललाई यही आर्थिक वर्षभित्र साक्षर मुलुक घोषणा गर्ने लक्ष्य छ।
यसका लागि १२ वटा सूचकहरूको आधारमा साक्षरताका कार्यक्रम सञ्चालन भएको शिक्षा मन्त्रालयले जनाएको छ। नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६.२ प्रतिशत छ। १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत छ। नेपाल सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम शुरु गरेकामा अझै मधेश प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छ।
कोहलपुर खबर । २२ भाद्र २०८०, शुक्रबार ११:३३