२२ पुष कोहलपुर।
बाँकेको कोहलपुर नगरपालिका १४ मा सन्चालित त्रिवेणी बिकास समाजले समाजका लागी उदाहरणीय काम गर्दै आएको छ ।
समाजमा भएका विभिन्न संघ(संस्थाहरु सँग हातेमालो गर्दै समुदायमा देखिएका समस्यालाई समाधान गर्न सामाजिक सचेतना कार्यक्रम गर्दै आएको, भन्दै यतिबेला त्रिवेणी बिकास समाजले जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा राहत तथा श्रम शिविर सन्चालन गरी भुकम्प पिडितलाई सहयोग गरेको हो । सहकर्मी समाजको समन्वयमा त्रिवेणी बिकास समाजले पनि धेरै महत्त्वपुर्ण भुमिका निर्बाह गरेको त्रिवेणी बिकास समाजकी अध्यक्ष बस्नती तिवारीले बताएकी छन् । भुकम्प प्रभावित क्षेत्रमा गएर सहयोग गरेका स्वयंसेवक हामी सबैलाई आज त्रिवेणी बिकास समाजले उच्च मुल्यांकन गरी सम्मान गरेकोमा आफु खुसि भएको बताएकी छन् ।
त्यस्तै भुकम्प प्रभावित क्षेत्रका परिवारलाई टहरा निर्माण, चर्किएको घरहरू व्यास्थापन जस्ता काम गरेर एउटा नमुना स्वरुप काम गरेको सहकर्मी समाज नेपालका संस्थागत विकास अधिकृत घनसेम आचार्य भने , हाम्रो ४२ जना भन्दा बढीको टिमले, सोही ठाउँका टोल विकाष सस्थाहरुले पनि सहयोग गरेको भन्दै भुकम्प प्रभावित क्षेत्रमा उदाहरणीय काम गरेको बताए । पिडित समुदायको लागी उदारीकरण काम गरेको उहाले भने, भुकम्प प्रभावित क्षेत्रमा काम गरेर फर्किएका त्रिवेणी बिकास समाजमा आबद्ध ७ जनाको उच्च मुल्यांकन गरी सस्थाले सम्मान गरेकोमा खुसी व्यक्त गरेका हुन् ।
त्यस्तै सहकर्मी समाज नेपालको समन्वयमा त्रिवेणी बिकास समाजबाट भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा यस सस्थाबाट खटिएका ७ जना स्वयंसेवकको टोलीले पिडित परिवारका घाउमा मलम लगाउन श्रम शिविरमा ऐतिहासिक र अविस्मरणीय स्वयमसेवा गरेका कर्मचारी, कार्यसमिति पदाधिकारी र स्वयंसेवक लगायत ७ जनाको उच्च मुल्यांकन गरी सम्मान गरेको त्रिवेणी बिकास समाजका कार्यकारी व्यवस्थापक पतिराम थारूले बताएका छन् ।
साथै यस संस्थामा जनवरी २०२३ देखि डिसेम्बर २०२३ सम्म सन्चालित “स्वास्थ्य शिक्षा र जीविकोपार्जनमा महिलाहरुको सशक्तिकरण परियोजना” को अवधी पूरा भएकोले उक्त परियोजना कार्यक्रम अन्तर्गत कार्यक्रम संयोजक मिश्रलाल यादव, स्वास्थ्य सहजकर्ता करुणा केसी र सुनिता यादवलाई उच्च मुल्यांकन गर्दै सम्मान पुर्वक विदाइ गरिएको छ ।
(फोटो फिचर)
कोहलपुर खबर । २२ पुष २०८०, आईतवार २१:५५