बाँके – बाँकेमा डेंगुका बिरामी बढेका छन्। डेंगुका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ। यहाँ डेङ्गुको बिरामी ४६ जना छन्।
कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाईंले बताए ।
“यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन”, मेसु डा चापागाईले भने। अस्पतालमा एक सय ५० शय्या छ। ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन्।
अस्पतालमा डेङ्गु लगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ। एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन्। पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ। यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिए। (स्वास्थ्य खबरपत्रिका)
कोहलपुर खबर । ९ आश्विन २०७९, आईतवार ०६:२२