प्रथम बैजनाथ महोत्सवको सम्पुर्ण तयारी पुरा मन्त्री कृष्ण केसी नमुनाबाट महोत्सवको उद्घाटन हुने तयारी

९ माघ कोहलपुर । 

बाँकेको बैजनाथ गाउँपालिकामा माघ १० गतेदेखि २१ गतेसम्म प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु घरेलु कृषि तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव भोलिदेखि सञ्चालन हुने भएको छ ।

बैजनाथ गाउँपालिका ५ न्यू सिटीमा महोत्सवका लागि आवश्यक भौतिक संरचना निर्माणको काम तीव्र रुपमा सम्पन्न भएको छ। भोलि माघ १० गते दिउँसो १ बजे नेपाल सरकार, लुम्बिनी प्रदेश आन्तरिक महिला कानुन तथा सहकारी मन्त्री कृष्ण केसी नमुनाबाट प्रथम बैजनाथ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तालिका रहेको आयोजकले कोहलपुर खबरलाई जानकारी दिएको छ।        केदिन पहिले लोगो र महोत्सवमा आउने राष्ट्रिय कलाकारहरू सहितको पोस्टर समेत सार्वजनिक गरिसकेको र महोत्सव स्थलमा अहिले स्टल, मुख्य गेट, स्टेज सहित अन्य विभिन्न संरचना निर्माणको काम पुरा भएको छ।

त्यस्तै प्रथम बैजनाथ महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेपछि मङ्गलबार साँझ पत्रकार सम्मेलन गरी आयोजकले महोत्सवको बारेमा विस्तृत जानकारी दिँदै महोत्सवले स्थानीय उत्पादन बजारीकरणमा केन्द्रित हुने, स्थानीय महिलाका उत्पादनलाई प्राथमिकता दिने, आम्दानीको रकम घरेलु व्यवसाय प्रवर्धनमा खर्च गर्ने र महोत्सवलाई समग्र बैजनाथ चिनाउने अवसरका रूपमा लिइएका छौं भन्दै आयोजक समितिले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस् ………

महत्वपुर्ण उदेश्य बोकेको प्रथम बैजनाथ महोत्सव भोलिदेखि सन्चालन हुदै